नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना संक्रमण समुदायस्तरमा फैलिएसँगै मंगवार देखि आठ दिनकालागि थप निशेधाज्ञा जारी गर्दै नेपाली सेना परीचालन गर्ने निर्णय गरेको छ ।
नुवाकोटको देविघाट स्थित नेपाली सेनाको जबर जगं गणले कोरोना भाईरस संक्रमण न्युनिकरण र रोकथामका लागि नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सोमवार बसेको (cmc)बैठकको निर्णअनुसार जिल्लाका बिभिन्न स्थानहरुमा नेपाली सेनाको गस्ति परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिनुभएको हो । बैठकले केहि दिन अगाडी देखिनै निशेधाज्ञा जारी गरेसंगै अझै मर्यादित्त र अनुसाशित सुरक्षाको लागि पनि नेपाली सेना परिचालन गर्ने निर्णय रहेको उहाँले बताउनु भयो । प्रजिअ ढकालका अनुसार दुप्चेश्वर गाउँपालिकामा स्थानियहरुको टोल, र समुदायमानै बढी रहेको कोरोना रोगको संक्रमण रोकथामका लागि पनि थप निशेधाज्ञा र नेपाली सेना परिचालन गर्ने निर्णय रहेको उहाँले बताउनु भयो । उहाँले “पञ्चकन्या गाउँपालिकाको ४ र ५ न.वडाहरु, शिबपुरी गाउँपालिकाको १,२,३,४ र ५ न.वडाहरु, दुप्चेश्वर गाउँपालिकाको सबै वडा र स्थानहरु र तारकेश्वर गाउँपालिकाको २,४,५ र ६ नं वडामा बैठकको निर्णय अनुसार आठ दिनकालागि निशेधाज्ञा जारी गरीएको छ” उहाँले बताउनु भयो ।
त्यस्तै, नुवाकोटको देविघाट स्थित नेपाली सेनाको जबर जगं गणका गणपति उदय बहादुर लामिछानेले नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सोमवार बसेको (अmअ० बैठकको निर्णअनुसार कोभिड–१९ रोकथाम र नियन्त्रणलागि जारी गरिएको निशेधाज्ञालाई थप प्रभावकारी बनाउन स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम नेपाली सेनालाई परिचालन गर्न सिफारिस गर्ने निर्णयको पालना गर्दै नुवाकोटको बिभिन्न स्थानहरुमा जबर जगं गणवाट खटिएका नेपाली सेनाहरुले बिहान देखि राती र २४ घण्टा सम्म नै सुरक्षा दिदै गस्ती गरिहेको उहाँले बताउनु भयो । गणपति लामिछानेको अनुसार कोरोनाको संक्रमण रोकथामको लागि चैतको पहिलो लकडाउन देखिनै जिल्ला स्थित जबर जगं गणका नेपाली सेनाहरुलाई परिचालन गरी गस्ती र कोरोनावाट बच्ने उपाए, सुचना र सन्देश दिदै आईरहेको उहाँले जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल