नुवाकाेट । विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा पहिरोका कारण दुई दर्जन घर उच्च जोखिममा परेका छन् ।

विदुर नगरपालिका-१२ स्थित चैनपुरमा पहिरो गएको क्षेत्रको अवलोकनका गर्न जानुभएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले तत्कालका लागि स्थानियलाई सुरक्षित स्थानमा स्थान्तरण गरि वसोवासको व्यवस्था मिलाउने बताउनुभयो । प्रविअ ढकालका अनुसार पहिराे। पिडितलाई तत्कालको लागि प्रशासन र नगरपालिकाको सहयोगमा पहिरो गएको स्थानमा त्रिपाल ओछाएर राख्ने र केही समयपछि सो स्थानको भुभागहरुकाे अध्ययन गरि सुरक्षित स्थानमा बस्न नहुनेहरुको लागि अन्यत्र सारिने बताउनु भयो ।

विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले पहिराेवाट पिडितहरुलाई नगरपमलिकाले राहतकाे व्यावस्था तत्काल गरिहाल्ने जानकारी दिनुभएकाे हाे। मेयर पण्डितका अनुसार बर्षायामकाे समयमा पानी पर्दा बारीका पाखाहरु र कच्चि सडका स्थानहरु पहिराेकाे जाेखिममा हुन सक्छन् स्थानियहरु सजक भई बस्न अनुराेध गर्नुभएकाे छ।

त्यस्तै जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले चैनपुरका दुई दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेकोले तत्काल उनीहरुलाई सुरक्षित स्थानमा बसोवासको व्यवस्थान मिलाउनुपर्ने बताउनुभयो ।

विदुर नगरपालिका-१२ का वडा अध्यक्ष सिताराम अर्यालले विना योजना तथा डिपिआर विना खनेको सडकका कारण दुई दर्जन घर पहिरोको उच्च जोखिममा परेकाे जानकारी दिनुभएकाे हाे । गत फागुनमा वडा अध्यक्ष अर्यालले सो क्षेत्रका घरहरुको जोखिम मुल्याडकन नगरि सडक खनेपछि अहिले यश क्षेत्र पहिरोको उच्च जोखिममा परेका बताउनु भयाे।

गाउँका करिव दुई दर्जन घर पहिरोका उच्च जोखिममा परेसँगै आज नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित,उपमेयर गिता दाहाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्ले, सेनाकाे जबर जगं गणका गणपति उदय बहादुर लामिछाने, वडा अध्यक्ष अर्याल लगायतको टोली पहिरो गएको क्षेत्रमा अवलोकनका लागि पुगेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल