नुवाकोट–कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म ५ सय ६ जना व्यक्ति संक्रमित भएको तथ्यांक बाहिर ल्याएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ५ जना संक्रमित भएको देखिएको छ । जिल्लामा महिलाको तुलनामा संक्रमित पुरुषको संख्या बढी छ ।

महिला १ सय ३४ जना छन् भने पुरुष ३ सय ७२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा नुवाकोटको संक्रमित पुरुषको संख्या ४ सय ५० जना र महिलाको १ सय ५५ जना छन् । आइतबार स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिवेदनमा १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिका, तारकेश्वर गाउ“पालिका, किस्पाड गाउ“पालिका, ककनी गाउ“पालिका र लिखु गाउपालिकाका स्थानीयलाई कोरोना संक्रमण देखिएको छ ।

कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा किस्पाङ ६ पुरुष र २ महिला, विदुरनगरपालिकाका २ पुरुष र १ महिला, तारकेश्वर १ महिला, लिखु र ककनी गाउँपालिकाका १÷१ पुरुषमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर घर फर्कनेको संख्या १ सय ९८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटका ६ हजार १ सय ४१ जनाको पिसिआर परिक्षण गरेको जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनाको पिसिआर परिक्षण गरिएको छ । जिल्लामा लिखु र बेलकोाटगढीनगरपालिका उच्चजोखिममा रहेको देखिएको छ ।

बेलकोगढीनगरपालिकाले वडा नम्बर ७ मा निषेधाज्ञा जारी गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल