नुवाकाेट- जिल्ला ट्राफिक कार्यलय नुवाकाेटले काेभिड-१९ संक्रमण राेकथामकाे लागि गरिएकाे लकडाउन लाई उल्लघंन गर्ने ६५ वटा माेटरसाईकल लाई आज नियन्त्रणमा लिइएकाे छ।

जिल्ला प्रशासन कार्यालयकाे कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गरिरहेकाे समयमा अटेर गरि माेटरसाईकल चलाएकाे हुदाँ साेहि माेटरसाईकलहरु लाई नियन्त्रण गरिएकाे जिल्ला ट्राफिक कार्यालय नुवाकाेटका प्रहरी नायव निरीक्षक विकल भट्टराईले जानकारी दिनभएकाे हाे। प्रनानि भट्टराईका अनुसार लकडाउनकाे समयमा सवारी साधनहरु लिएर हिड्न, अत्याधिक आवश्यकका काम बाहेक सडक, चाेक र विभिन्न स्थानहरुमा हिडेडुल गर्न समेत राेक लगाउदा नियमकाे पालना नगरी हेपा शैलिमा माेटरसाईकल लिएर बिना काम हिडेका-६५ वटा माेटरसाईकल लाई आज विदुरमा नियन्त्रणमालिई आवश्यक कारवहिकाे लागि तयारी गरिएकाे उहाँले बताउनु भयाे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल