नुवाकाेट- नुवाकाेटकाे वेलकाेटगढि नगरपालिकाले निषेधाज्ञा काे क्षेत्र विस्तार गरेकाे छ।
यहि साउन २४ गते राति १२ वजे पछि लगाईएकाे क्षेत्र वाहेककाे वडा नं ९ काे पुरै क्षेत्रमा निषेधाज्ञा जारि गरिएकाे वेलकाेटगढि न पा का मेयर राजेन्द्र रमण खनालले सुचना प्रकाशित गरि जानकारि दिनुभएकाे छ। मेयर।खनालका अनुसार ९ नं वडाका एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएपछि उनका सम्पर्कका व्यक्तिहरुमा पनि जाेखिम वढेकाे हुदाँ कन्ट्याक ट्रेसीङ कार्य शुरु भएकाेले निषेधाज्ञा लगाउनु परेकाे वताउनु भयाे।
नगरपालिकाका सवै वडा र कार्यापालिका वाट प्रदान गरिदै आएकाे अत्यावश्यक सेवा वाहेकका सवै सेवाहरु पनि बन्द गरिएकाे वताउदै मेयर खनाल भन्नुहुन्छ “हामी नगरपालिकाकाे तर्फ वाट याे विपतकाे समयमा जनताकाे सवैखाले सुरक्षा सतर्कता प्रति जिम्वेवार छाै। जनताकाे तर्फवाट पनि सुरक्षित र लकडाउनकाे पुर्णपालना भैदिए मात्र हामी सवै सुरक्षित रहने छाै। हामिले ७ नं वडाकाे रातमाटेमा विदेश वाट आएका व्यक्तिहरुकाे लागि सुरक्षित क्वारेन्टाइन वनाएका छाै काेहि बाहिर वाट आउनुभएकाे छ भने जनकारि गरिदिनुहुन पनि नगरवासिलाई अनुराेध गर्दछाै”।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !