विदुर, नुवाकोट – नेपाल विद्युत प्राधिकरण नुवाकोटको सर्भरमा समस्या आएसँगै बिजुलीको बिल तिर्ने प्रणालीमा पनि सेवा अवरुद्ध भएको छ।

बिहिबारदेखि प्राधिकरणको बिजुलीको बिल तिर्ने प्रणालीमा समस्या भएको प्राधिकरणका सूचना अधिकारी सहायक प्रशासकीय अधिकृत राजनप्रसाद प्याकुरेलले बताए।

“लकडाउनको समयमा कार्यालय बन्द भएको र उक्त समयमा ग्राहकलाई दिईनुपर्ने सहुलियतको दिन मिलानको लागि होलिडे सेटअप गर्दा भुक्तानी प्रणालीमा समस्या देखा परेको हो”, उनले बताए “अनलाईन सर्भरमा डाटा अद्यावधिकको लागि केन्द्रमा पनि कर्मचारी विदामा भएकोले उक्त सेवा कहिले सेवा सुचारु हुने अन्यौल रहेको छ ।”

अनलाईन प्रणालीमा समस्या भएको दिन र समय अनुसार जरिवानाको समय थप हुने र ग्राहकले उक्त समयमा कुनै पनि जरिवाना तिर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।

लकडाउन पश्चात् निषेधाज्ञा जारी गरिएसँगै बिजुली मिटर रिडरपछि पनि प्राधिकरणका ग्राहकले बिजुलीको बिल तिर्न पाएका छैनन् । भुक्तानी प्रणालीमा समस्यासँगै ग्राहकहरुले दिनहुँ अनलाईनबाट बिजुलीको बिल तिर्न चेक गरि हेर्ने झन्झट व्यहोर्नु परेको छ।

प्राधिकरणले तीन अगाडी पनि भुक्तानी प्रणालीमा अद्यावधिक गरेसँगै ग्राहक नम्बर र एससी नम्बर परिवर्तन गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल