देवीस्थान(नुवाकोट) – भुकम्पले गएको साढे ५ वर्षपछि लिच्छविकालीन भैरवी मन्दिर पुनर्निर्माण सकिएको छ ।

सोमबार विधिपूर्वक मन्दिरको मुख्य गजुर राखिएको छ कोरोनाका कारण निषेधाज्ञा नहटेकाले काठमाडौंबाट तान्त्रिक विधि अनुसार पूजा गर्न गुभाजु नआएपछि मन्दिरका धामीले गजुर राख्न लगाएका हुन् ।

२०७२ साल बैशाख १२ गते आएको महाभुकम्पले मन्दिर क्षति भएको थियो । पुरातत्व विभागले क्षतिग्रस्त मन्दिर ०७३ सालबाट पुननिर्माण थालेको थियो । नुवाकोटको ठूलो शक्ति पीठको रुपमा भैरवीलाई पूजिन्छ ।

मन्दिर पुनर्निनिर्माण गर्न निर्माणपक्षले भक्तपुरदेखि कालीगढ झिकाएर टु“ढाल, काष्ठकलाका मूर्तिहरु र छाना छाउन लगाएको थियो । प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरको माथिल्लो छाना सुनको जप लगाइएको छ । सुनको जलप लगाउन १ किलो ३० तोला सुन लागेको पुरातत्व मातहत रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

गजुर बाहेक छानोमात्र सुनको जलप हालिएको छ । मन्दिरका टु“डा र मूर्तिहरु काम लाग्ने बाहेक अरु नया“ हालिएको छ । तल्लो छानो झिंगटी छाइएको छ ।

निर्माण पक्षले निर्धारित समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटक–पटक म्याद थप्दै काम अगाडि बढाईएको थियो । मन्दिर पुनर्निर्माण गर्न ४ करोड ६३ लाख रुपैया लागतमा निर्माण भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयालले बताए । पुरानो डिजाईनमा जस्ताको तस्तै निर्माण मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ ।

यो मन्दिर १४ औं शताव्दीमा जगज्योति मल्लले पुननिर्माण गराएको इतिहासमा उल्लेख गरिएको छ । १८४९ साल असोजमा नेपाल, चीन र तिव्वत युद्ध हु“दा तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाएपछि मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त छाउन लगाएको इतिहासमा उल्लेख छ । मन्दिरभन्दा केहीमाथि डा“डामा रहेको कालिका,मालिका र भैरवी मन्दिरबाट निस्केको अरिंगालले आक्रमणकारी सेनालाई चिलेपछि लडाईं हारेपछि बेत्रावती सन्धी भएकोे ईतिहासमा उल्लेख छ ।

नुवाकोट विजयी गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई नुवाकोटकी भैरवीस“ग शक्ति मागेको र भैरवीले सपनामा मेरो आराधना गरेमा कान्तिपुर अधिनस्थ जितिने बताएपछि उनले भैरवीको पूजा गर्न लगाई नुवाकोट विजयी गरेको जनविश्वास छ ।

मन्दिरमा टाढा–टाढा देखि भक्त आउने गर्छन्भने पूर्वराजा, राज्य संचालकहरु उच्चपदस्थ अधिकारीहरु भैरवीको पूजाआराधना गरी आशिर्वाद लिने गर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल