नुवाकोट–विगत केही दिनयता अबिरल बर्षासँगै परेको चट्याङले एक वृद्धा सख्त घाइते भएकी छिन् भने एक हलगोरु मरेका छन् ।

बुधबार परेको चट्याङले लिखुगाउ“पालिका वडा नम्बर १ खानीगाउँकी ७० वर्षिया सरस्वती परियार घाइते भएकी हुन् । उनी घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर शरीरको बायाँ पट्टीको भाग नचल्ने भएको छ । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर किस्पाङ गाउँपालिकामा २ ताजी स्थित डोलनन्द ढुंगेलको गोठमा बा“धी राखेको १ हल गोरुको घटनास्थलमै मरेका छन् ।

एकसाता यसअघि फिकुरीमा एकहल गोरु चट्याङ लागेर मरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल