गण्डकी प्रदेशको बाग्लुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउसो ११ जनाको शव घटनास्थल र खोलाका किनारमा भेटिएको बताए ।

बस्तीका २५ जना पहिरोले परिएर सम्पर्कविहीन छन् । बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहा“का ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जनाएका छन् ।

पहिरो खोलामा मिसिएर बढेपछि सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षति पुर्याएको छ । एउटा विद्यालयको भवनमा क्षति पुगेको छ ।
उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ । स्थानीय, नेपाली सेना पहिरो पन्छाउन खटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिलेसम्म मृतकमध्ये २६ वर्षीया केशमाया विकको मात्र पहिचान भएको छ । अन्यको सनाखत भएको छैन । घटनास्थलबाट ४ घाइतेको उद्धार गरेको छ ।

घटनास्थल सदरमुकामदेखि १ सय ३० किमी पश्चिममा पर्छ । बुर्तिवाङदेखि माथिल्लो खण्डमा सडक क्षति भएर त्यहा“ पुग्न ढिलाइ भएको छ । कतिपय मानिस जान नसकेर फर्केका छन् ।
भुजी खोलाले बगाएर ल्याएका शव बुर्तिवाङ बजार र बडिगाड खोलासम्म पनि भेटिएको स्थानीयले बताए । उद्धारका लागि नेपाली सेनाले अर्जुनबाण गणबाट पनि टोली खटाएको छ । पहिरो खसेको स्थान ढोरपाटन–सालझन्डी सडक खण्डमा पर्छ ।

ढोरपाटन नगरपालिकाको वडा ९ ढोरपाटन देउराली डा“डाबाट खसेको पहिरोले ४१ जना स्थानीयलाई बेपत्ता बनाएको छ । ती मध्ये १० जनाको शव फेला परेको छ । बुधबार राति आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको प्रहरीले जनाएको छ । बाढीले ढोरपाटननगरपालिका वडा ७–९ का ३० भन्दा बढी घर बगाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल