ललितपुर—रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटनवासी र प्रहरीबीच पुल्चोकमा विहिबार दिउसो झडप भएको छ ।

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनवासीले पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकालाई अवज्ञा गर्दै रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्या“स प्रयोग गरेका थिए ।
स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ तान्न अवरोध गरेको भन्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

स्थानीय युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पु¥याएका छन् । पुल्चोकमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।
प्रदर्शनकारीले फोहोरा हान्ने प्रहरीको गाडी तोडफोड गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल