ललितपुर— रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्दा झडप भएपछि शुक्रबार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनोहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कफर््यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्ने नाममा निर्णयविपरीत शान्तिसुरक्षा र जनस्वास्थ्यमा खलल पु¥याउने कार्य हुन खोजेको भन्दै त्यसलाई रोक्न प्रशासनले कर्फ्यु आदेश जारी गरिएको हो ।

धार्मिक सद्भावमा खलल पुर्याउने, स्थानीयको भावनामा चोट पुुर्याउने र कोरोना महामारीबीच जनस्वास्थ्यमा खेलबाड गर्ने समूहका गतिविधि नियन्त्रण गर्न कर्फ्यु लगाउनु परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

स्थिति साम्य नभएसम्म कर्फ्युलाई जारी रहन सक्ने र उलंघन गरे बल प्रयोग गर्न सकिने प्रजिअ भट्टले बताए ।

कुनै हिंसात्मक कामकारबाही हुने वा हुलदंगा हुने आशंका भएमा त्यसलाई रोक्न स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

विहिबार पुल्चोकमा स्थानीय र गुठियार बीच रथ तान्ने क्रममा भीड तितरबितर गर्न प्रहरीले अश्र्रुग्या“स र पानीको फोहोरा हानेको थियो । भीडले ढुंगामुढा गरेपछि प्रहरी अधिकृत सहित ७ जना घाइते भएका थिए ।

कफर््यु बीचमा शुक्रबार क्षमा पूजा गरिएको छ ।
यो प्राचीन रथजात्रामा सरकारले व्यवस्थित गरेर संचालन गराउन नसकेको अधिकांश नेवार समुदायको आरोप छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल