ललितपुर– रातो मत्स्येन्द्रनाथको रथयात्रा गर्दै सोह्रखुट्टे पुर्याइएको छ ।

आइतबार अपरान्ह ४ बजेर ५१ मिनेटबाट रथतान्न शुरु गरिएको हो । रथलाई सुस्तरीसुस्तरी तानेर आइतबार ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी छेउ पु¥याइएको छ ।

कोरोना कारण स्वास्थ्य मापदण्डको पालना गर्दै उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । रथ तान्नेहरुले एकै किसिमको गन्जी र नीलो टोपी, हातमा पन्जा र मुखमा मास्क लगाएका थिए । दुईतिर बसेर शान्त्तपूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताए ।

देशमा कोरोना संक्रमण बढेकाले आवश्यकलाई मात्र रथयात्रा गर्न लगाएको उनले बताए । रथयात्राको क्रममा विधिपूर्वक बाजा बजाइएको थियो ।

रथयात्रा तानेर बल लगाउदै होस्टे, हैंसे भन्दै बल लगाएर रथलाई विस्तारै पाटी नजिकै पु¥याएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । रथयात्रामा सहभागीले रथ तान्दै नाचेका थिए । मत्स्येन्द्रनाथको रथमा राता, सेता ध्वजापताकाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हु“’ लेखिएको ध्वजा फराइएको थियो ।

उक्त रथयात्रामा प्रतिनिधिसभाका र प्रदेशसभाका सदस्य पम्फा भुसाल, राजकाजी महर्जन र शोभा शाक्य लगायत सहभागी थिए । लोकेश्वर नजिकै रथमा र पानेजु सिमित बसेका थिए । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा गराएको थियो ।

गाःबहालबाट महानगरपालिकाको ढोकासम्म आधा किमी मीननाथको रथयात्रा पनि सम्पन्न भएको छ । लोकनाथ र मीननाथका दुवै रथयात्रा गर्न स्थानीय उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले बताए । यो वर्षको रथयात्रमा महिला सहभागी भने थिएन । विगतका वर्षमा मत्स्येन्द्रनाथको रथलाई गाःबहाल हु“दै मंगलबजार, सुन्धारा, लगनखेल र अन्तिम जावलाखेल पु¥याएर शुभ साइतअनुसार भोटो जात्रा गरिन्थ्यो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । विक्रम सम्बत् ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मत्स्येन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन सुरु गरिएको थियो ।

किंवदन्तीअनुसार गोरखनाथ भिक्षा माग्न कान्तिपुर आए । कान्तिपुरवासीले उनलाई भिक्षा दिएनन् । उनी रिसाएर पशुपतिको मृगस्थलीमा गई नागहरुलाई आसन बा“धी बसे । गोरखनाथले नागहरुलाई आसन बा“धी बसेपछि कान्तिपुरमा वर्षा भएन । वर्षा नभएपछि १२ वर्षसम्म अनिकाल पर्यो । वर्षा गराउने उपाय खोज्दै जा“दा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भएको र उनलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा हुने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका बन्धुदत्त र ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई लिन भारतको कामरुपकामाक्षा पुगे । मत्स्येन्द्रनाथलाई नेपालमा भएको वृत्तन्त सुनाए । नेपाल ल्याए ।

गुरु आउनासाथ गोरखनाथ आसनबाट उठे । नागहरु फुक्का भए । त्यसपछि वर्षा हुन थाल्यो । यसरी मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताकालको देवताको रुपमा पूजिदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल