नुवाकोट– कोरोनाको संक्रमण देखाउदै विदुरनगरपालिका वडा ७ तुप्चेमा जुवा खुल्ने आठ जनालाई प्रहरीले पक्राउपछि छाडेको छ ।

तुप्चेटार एक घरमा जुवातास खेलिरहेकालाई पक्राउपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उपस्थित गराई जुवा सम्बन्धी कसुरमा मुदा दर्ता गरेपनि कोरोना संक्रमण देखाएर छाडेको छ ।

यसअघि बट्टार दम्कीको एक होटलमा जुवा खेलेकालाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको थियो । त्यतिबेला पनि कोरोनाको संक्रमण जारी रहेको थियो ।

कोभिड १९ रोगको कारण हिरासतमा राख्न आवश्यक मनासिव र आधार नदेखिएकोले निजहरुलाई सम्बन्धित आफन्तको जिम्मामा राखि घटनाको थप अनुसन्धान गर्ने गरी छाडिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुबाट २८ हजार रुपैया“ नगद, ४ बुक तास र एक कम्बल बरामद भएको छ ।

जुवाडेलाई मुलुकी फौजदारी कार्यविधी सहिता २०७४ को दफा १ सय २५ मा जुवा खेल्न वा सट्टाबाजि गर्नु नहुनेः(कसैले जुवा खेल्नु वा खेलाउनु हुदैन यदि खेले वा खेलाए सोहि दफाको उपदफा २ (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाइ ३ महिनासम्म कैद वा ३० हजार रुपैया सम्म जरिवाना गर्ने व्यवस्था छ । दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई १ वर्ष कैद र ५० हजार रुपैयासम्म जरिवाना र पटकै पिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैया सम्म जरिवाना गर्ने ब्यबस्था रहेको छ । सोहि दफाको उपदफा ३ मा जुवा खेल्न प्रयोग भएका साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पति जफत हुने ब्यबस्था छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल