ललितपुर—रातो मत्स्येद्रनाथको रथ तान्ने क्रममा स्थानीय समुदाय र प्रहरीबीच पुल्चोकमा भएको झडपमा पक्राउ परेका नौ जना रिहाई भएका छन् ।
पहिचानमा आधारित संघीय गठबन्धले सरकारसंग रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएपछि उनीहरु रिहाई भएका हुन् ।
रातो मत्स्येद्रनाथको रथ तान्ने क्रममा भदौ १८ गते स्थानीय समुदाय र प्रहरी बीच झडप भएपछि नेवाः अभियान्ताहरु असोज महर्जन, यादवलाल कायस्थ, महेश बज्राचार्य, पृथविन्दु महर्जन, रवि शाक्य, सुबिन शाक्य, रबिन शाक्य, ध्रुवराज बज्राचार्य, श्याम श्रेष्ठ पक्राउपछि रिहा भएका छन् ।
प्रहरीले उनीहरुलाई नेवाः अभियन्ताहरुलाई खोकना प्रतिरोध, सडक विस्तार पीडित आन्दोलनको विषयहरुसंग जोडेर यातना दिने, मुदा चलाउने, आफन्तलाई भेट्न नदिने जस्ता निन्दनीय कार्य गरेका थिए ।
भदौ २२ गते संघीय गठनबन्धले विज्ञप्ति जारी गरेर नेवा समुदायलाई दबाउने हर्कत सरकारले जारी राखेमा नेवाः समुदायको आन्दोलनमा साथ दिन लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, मधेश, तमुवान, मगरात, खशान, थारुहट, दलित शिल्पी समुदाय ११ प्रान्तहरु तयार रहेको चेतावनी सरकारलाई दिएपछि उनीहरु रिहाई गरिएको छ ।
भदौ २२ मा उक्त पहिचानमा आधारित संघीय गठबन्धन २०६५ मा सम्बद्ध संगठनहरु नेवाः राष्ट्रिय पार्टीका डा. विजय सैंजु, सम्बुवान राष्ट्रिय मोर्चा आर के खम्बु, खशान राष्ट्रिय संघर्ष समिति प्रेम बहादुर खाती, नेपाल राष्ट्रिय परिषद असोज महर्जन, नेपाल लोकतान्त्रिक पार्टी भानुराम थारु, आदिवासी जनजाति पार्टी नेपाल बुद्धराज तामाङ, थारुहट थारुवान राष्ट्रिय मोर्चा लक्ष्मण थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कुमार लिङदेन मिराक, मगरा“त संघर्ष समिति राम मगर र तराई मदेश राष्ट्रिय परिषद विकासकुमार ठाकुर लगायतव्दारा हस्ताक्षर सहित सरकारसंग उनीहरुको रिहाईको माग गरेका थिए ।
सदियौं वषैदेखि चलिआएको परम्परा र धर्म सस्कृतिलाई सरकार गम्भिर नभई वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तान्नेयात्रा शान्तिपूर्ण गर्न लाग्दा प्रहरी परिचालन गरेर मुडभेडमा उत्रेको आरोप समुदायको छ ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई अवज्ञा गर्दै रथ तान्न भेला भएकालाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्या“स प्रयोग गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !