नुवाकोट–१७ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

निजामति दिवसको अवसरमा सोमबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा सहित प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सम्मान गरेका थिए ।

त्यसैगरी कार्यालयमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ । ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील तथा उत्तरदायी भई निःस्वार्थभावले अनवरत रूपमा सेवा प्रवाह गरी सेवाग्राहीलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै हल्का सवारी चालक अर्जुनकुमार श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको छ । त्यसैगरी कम्प्युटर अप्रेटर रमेशजंग पाण्डे र कार्यालय सहयोगी कालु लामा कदरपत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी ढकालले सम्मान गरेका थिए ।

निजामति दिवसको अवसरमा प्रशासनले ईलोक्ट्रोनिक सूचना पार्टी समेत उद्घाटन गरी संचालनमा ल्याएको छ । त्यसैगरी मालपोत प्रांगणमा व्यडमेन्टन प्रतियोगिता आयोजना गरियो । उक्त ब्यडमेन्टन खेलमा ३ टिम सहभगिता थियो । टिममा नुवाकोट अदालत, मालपोत र जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहभागी थिए ।

उक्त खेलको फाइनल खेलमा जिल्ला प्रशासन र मालपोत पुगेका थिए । उक्त खेलमा २१–१७, २१–१५ को सोझो सेटमा जिल्ला प्रशासन कार्यालय विजयी भयो । विजयी टिमलाई मालपोत कार्यालयका मालपोत अधिकृत पूर्णबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए ।

उक्त खेल हालै जारी कोभिड १९ को संक्रमणमा सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पनि खेल्नको लागि मालपोत अधिकृत खड्काले प्रोत्साहित गर्नुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल