नुवाकोट–नेकपा नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता साधारण तारेख रिहा भएका छन् ।

रिहा हुनेमा बेलकोटगढीनगरपालिका वडा १३ स्थानीय रामराजा पाण्डे र वडा ३ का चन्द्रबहादुर तामाङ छन् ।

‘उनीहरुलाई साधारण तारेखमा छाडेका छौ,’ नुवाकोट अदालतका स्रेस्तेदार ठाकुर त्रितालले भने । सडक खन्ने जेसिबी मेशिनमा आगजनी गरेको आरोपमा फक्राउ परेका थिए ।

उनीहरु गत भदौ ७ गते बेलकोटगढीनगरपालिका वडा १३ बाराहीस्थित सडकको किनारमा पार्किङ गरी बा २ क २२६० नम्बारको जेसिबी मेशिनमा आगजनी गरेको आरोप छ ।

उनीहरुलाई भदौ ७ गते बिहान नेकपा विप्लव समूहको पर्चा सहित मेशिन आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरुलाई नुवाकोट जिल्ला अदालतमा आगजनी मुदा दर्ता छ । स्थानीय राजेन्द्रबहादुर तामाङले उक्त जेसीबीमा सडक बाटो खन्न जेसीबी भाडामा ल्याएर भनिएपनि अवैध बालुवा झिक्ने गरेको पाइएपछि नेकपा विप्लव समूहले आगजनी गरेको बताइएको छ ।

विप्लवका कार्यकर्ताले आगजनीपछि छरेको पर्चामा दुई वर्षअघि कब्जामा लिएको जग्गाबाट अवैध रुपमा बालुवा उत्खनन गरेको, गाउलेलाई दुव्र्यवहार गर्ने, स्थानीयलाई अनावश्यक दुःख दिएको आरोपका पर्चामा छरेको आरोप छ ।

नुवाकोट अदालतले आगजनी मुदामा उनीहरु सहित १८ जनालाई पत्र पठाउने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल