नुवाकोट– स्थानीय प्रशासनले अहिले सरसफाईलाई ध्यान दिएर सफाई थालेको छ ।

मंगलबार कोरोना महामारीको समयमा विदुरनगर सरसफाई गरेको छ । बिहान विदुरचोकदेखि तल्लो विदुरसम्मका सरसफाई गरिएको छ ।

कोरोना महामारीमा आफ्नो घरवरिपरि सरसफाई गरी रोगका किटाणु आउन दिन र डेंगु जस्ता लामखुट्टे आउन नदिन सरसफाई स्वतस्फूर्त सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

सरसफाईमा जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सशस्त्र, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी सहभागी थिए । विदुरनगरपालिकाले सरसफाई गर्न छुटै व्यवस्था गरिएपनि नगरको अवस्था हेरेर स्थानीय प्रशासनले सबैलाई सरसफाईमा जागरुक गराउन सफाईमा ध्यान दिएको जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल