नुवाकोट– सरकारको निर्णय नआउ“दा सार्वजनिक यातायात प्रवेश गर्न दिने÷नदिने अन्यौलता स्थानीय प्रशासनले हटाएको छ । विहिबार बसेको बैठकले उक्त निर्णय सच्याएको हो ।


स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात र निजी सवारी साधनलाई प्रवेश दिने भएको छ ।
सरकारको निर्णय ढिलो आएकाले जिल्ला प्रवेशमा रोक नलगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले स्पष्ट पारे ।

बुधबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले नुवाकोट प्रवेशमा रोक लगाउने निर्णय भएको थियो ।
विहिबार बसेको बैठकले छोटो, मध्यम तथा लामो दुरीमा जिल्लाभित्र तथा अन्तरजिल्लामा संचालन हुने निजी तथा सार्वजनिक सवारी साधन नेपाल सरकार मन्त्रिपरिषद दिने भएपछि नरोकिएको स्थानीय प्रशासनले स्पष्ट पारेको छ ।

े जिल्ला प्रवेश गर्ने नाकामा यात्रुको नाम, ठेगाना र गन्तव्य स्पष्ट लेखि सम्बन्धित प्रहरी वा ट्राफिक चेक प्वाइन्टमा बुझाउन भनिएको प्रजिअ ढकालले बताए ।

सार्वजनिक यातायातका साधनमा सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने, भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सिटमा १ जना मात्रै यात्रु राख्नुपर्ने, सिटमा बाहेक यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले समेत अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन भनिएको छ ।

त्यसैगरी भेला र जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव गर्ने तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सा“स्कृतिक कार्यक्रम तथा क्रियाकलापहरु आयोजना गर्न रोक लगाएको छ ।

त्यसैगरी शैक्षिक संस्था खोल्न नपाइने, सिनेमा हल, पार्टी प्यालेस, फन पार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन लगायतका सेवा तथा स्थलहरु सञ्चालन नगर्ने केन्द्रले भनेको छ ।

साथै शुक्रबारबाट बेलकोटगढी नगरपालिकाको वडा ७ र आइतबारबाट विदुरनगरपालिका वडा १३ को तोकिएको ४ किल्लामा निषेधाज्ञाको कायम गरेको छ । भदौ ३१ गते राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । यो आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।

०७७ असोज १ गते देखि जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका साधन र ट्याक्सीलाई समेत मापदण्ड तोकिएको छ । मापदण्ड अनुसरा सार्वजनिक यातायातमा चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने र एकै लहरकोे सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्ने भनिएको छ । ट्याक्सीमा चालक बाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ बर्षसम्मका बालबालिका मात्र सवार गर्न भनेको छ । यात्रुलाई मास्कको प्रयोग गर्नुपर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्न भनिएको छ । चालक र सहचालकले समेत अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउनपर्ने जनाएको छ । साथै सवारी साधनलाई दैनिक निसंक्रमित गर्न भनेको छ ।

यात्रुबाहक सवारी साधनले तोकिएको भाडादरको पचास प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल