काठमाडौं– कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट लिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्ष सहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन लिइने जनाएको छ ।
२० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बा“की ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को मिश्रित ढा“चाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । बोर्डको सिफारिसअनुसार सरकारले निर्णय गर्ने छ ।
अनलाइनमा पहु“च नहुनेले सूचना प्रविधिका अन्य विकल्प प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !