नुवाकोट–संविधान दिवसको अवसरमा जिल्लाका मुख्य बजार क्षेत्रमा सरसफाई गरिएको छ । शनिबार बिहान बट्टार, दम्की र विदुरसम्म सफाई गरिएको हो ।

घर वरिपरि र पसलछेउमा आफैले सफाई राखेर फोहोरको उचित व्यवस्थापन गरी स्वच्छ बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । सरसफाईमा कार्यक्रममा सहभागी हुन सरकारी कार्यालयहरुका प्रमुख तथा कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी लगायतको सहभागिता थियो ।

डेंगु लगायत अन्य रोगले लाग्नबाट बच्न वरिपरिका वातावरण सफा राख्नुपर्ने प्रजिअ ढकालले बताए ।

संविधान दिवसमा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालयमा झिलिमिली बिजुलीको बत्ति राखेर उज्यालो बनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल