नुवाकोट–संविधान दिवसको अवसरमा ओलम्पियन तथा एसिएनच्याम्पियन खेलाडी तथा प्रशिक्षक संगिना वैद्यलाई विभूषित गर्ने भएको छ ।

विदुरनगरपालिका वडा नम्बर ९ की बैद्यलाई प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीबाट सरकारले विभूषित गर्ने निर्णय गरेको छ ।

नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल, ओलम्पिकमा खेल्न सफल पहिलो नेपाली खेलाडीको साथै लामो समयदेखि खेल क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सरकारले उक्त सम्मान दिन लागेको हो ।

संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल