काठमाडौं–मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवादले चर्को रुप लिएर झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा कफ्र्यु लगाइएको छ । सदरमुकाम मलंगवामा शनिबार दिउसो २ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । हिंसा भड्किन नदिन उक्त कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजा“दै गर्दा अवरोध भई दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवैतर्फका १२ जना भन्दा बढी घाइते भएका छन् । झडपपछि विश्वकर्मा भगवानको मूर्ति जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । हिंसा भड्किन नदिन दुवै पक्ष बीच छलफल भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल