त्रिशूली(नुवाकोट)–छैठांैं संविधान दिवसको अवसरमा ऐतिहासिक बाटो सरसफाई गरिएको छ ।
त्रिशूली सामाजिक क्लबले पुरानो ऐतिहासिक बाटोको सरसफाई गरेको हो । विदुरनगरपालिका वडा नम्बर १ पर्ने शनिबार उक्त बाटो सरसफाई गरिएको हो ।
सरसफाई गर्नु अघि वडाध्यक्ष लेनिन रञ्जितले सरसफाईको लागि आवश्यक सामग्री क्लबलाई प्रदान गरेका थिए ।
घर आ“गन सफा र स्वच्छ बनाउने अभियानमा जुट्न वडाध्यक्ष रञ्जितले वडावासी लागि आव्हान गरे । स्थानीय युवाहरुको अगुवाईमा गरिएको सरसफाईले वडा क्षेत्रका सम्पूर्ण क्षेत्रलाई निरन्तता दिनुपर्ने उनले बताए ।
क्लबका अध्यक्ष नरेन्द्र अमात्यले सा“घु बजार जाने ऐतिहासिक बाटो पर्ने गंगामाई हल र तोरी मिलको पछाडि रहेको गल्लीमा सरसफाई गरिएको बताए । उक्त पुरानो गल्ली ओझेलमा परेको पूर्खा आवतजावत गरेको बाटोलाई जीवन्त राख्न स्वच्छ सफा राख्न तल्लीन रहेको बताए । उक्त गल्ली हुदैं बटुवाहरु धादिङ,गोरखा, तनहु“, पोखरा जाने मूलबाटो भएको स्थानीय बूढापाका बताउ“छन् ।
क्लबको आगुवाईमा भएको सरसफाई कार्यक्रममा टोलमा रहेका संघसंस्था र वडाका पदाधिकारीहरु सहभागिता थियो ।
नोटः समाचार डबलीखबरबाट
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !