नुवाकोट– सर्वोच्च अदालत आदेशलाई अटेर गरी स्थानीय तहबाट स्वीकृति लिई अवैध रुपमा तादी, त्रिशूली लगायतका नदी किनारमा संचालित क्रसर उद्योगहरु सिल गरिएको छ ।

साढे दुई वर्ष अघि सर्वोच्चले अवैध रुपमा नदीजन्य पदार्थ ढुंगा,गिटी र बालुवा उत्खनन् गरी भुकम्प पीडितलाई चर्को मूल्यमा बिक्री वितरण गर्ने क्रसर उद्योगहरुलाई स्थानीय प्रशासनले बन्द गराउन सिल गरेको छ ।

स्थानीय प्रशासनले शुक्रबार र आइतबार गरी ५ वटा उद्योगहरु सिल गरेको छ । सर्बोच्च अदालतको आदेशलाई पालना गराई विधि सम्बत् व्यवसाय गराउन उक्त कदम चालिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

‘कसैसंग हामीले पूर्वाग्रह नराखी कानुनी प्रक्रिया अनुसार मापदण्ड पुर्याएर व्यवसाय गर्न मात्र भनेका छौ,’ उनलेभने,विधिसम्बत काम नभएका क्रसर सिल गरेका छौ ।’ जिल्लामा क्रसर व्यवसायीले जनप्रतिनिधिहरुलाई आफ्नो मातहतमा लिएर अवैध क्रसर संचालन गर्दै आएका थिए ।

त्यसपछि प्रहरी र प्रशासनलाई समेत प्रभावित बनाएर उनीहरुले सर्वोच्च अदालतको आदेशलाई नमानेर आफू अनुकुल चलेका थिए । जिल्लाको तादी र त्रिशुली नदिको किनारमा रहेको क्रसर उद्योगहरु प्रचलित कानुन र मापदण्ड अनुरुप संञ्चालन भएको÷नभएको सम्बन्धमा स्थलगत रुपमा निरीक्षण गरी मापदण्ड बिपरित संञ्चालन भएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल बन्द गराउने निर्देशन भएपछि लिखुगाउपालिका ४ गणखार स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, लिखु १ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि,तादी ३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पंञ्चकन्यागाउपलिका २ स्थित नेस्नल लाईभ एण्ड स्टोन कम्पनी प्रालिमा सिल गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलीले तादी खोलाको किनारमा संञ्चालित रहेका क्रसरहरु अनुगमन गर्ने क्रममा मापदण्ड विपरित ती उद्योग चलेको पाईएकोले कानुन बमोजिम मुचुल्का तयार गरी बन्द(शिल) गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

अनुगमन टोलीले शुक्रबार बिदुरनगरपालिका ५ गंगटेभन्ज्याङ मुनि रहेको भुन्टेरहमा मापदण्ड विपरित संञ्चालित बर्ड स्टोन क्रसर उद्योग प्रालि बन्द(शिल) गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल