नुवाकोट–नेपाल निजामति कर्मचारी युनियन संघ जिल्लाकार्य समिति पुर्नगठन गरिएको छ ।
कार्यसमितिको अध्यक्षमा निलमकुमार भुसाल चयन भएका छन् ।
संघको उपाध्यक्षमा सानुराम कार्की र महिलातर्फ सबिता दाहाल, सचिव जनार्दन िसलवाल, सह–सचिव महेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष लोकनाथ न्यौपाने रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा बिनय पौडेल, प्रमिला आचार्य, रेनुका श्रेष्ठ, शालिकप्रसाद अधिकारी, दलबहादुर घले, संन्दिप तिवारी, टेकबहादुर अधिकारी, भानुभक्त रेग्मी, सोमबहादुर घले, सुरेश सिटौला र शिव गजुरेल रहेका छन् ।
पुनर्गठित समितिका अध्यक्ष भुसालले सबै कर्मचारीहरुको हकहित र राज्यले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पार्न र सुशासन कायम गराउन आफू प्रयत्नसिल रहने प्रतिवद्धता जनाएका छन् ।
यही असोज २४ गते हुने भनिएको निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !