काठमाडौ — स्वास्थ्य सेवामा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनससनरत् प्राध्यापक चिकित्सक गोविन्द केसीमा स्वास्थ्य जटिलता देखिएको छ ।
पन्ध्रदिनदेखि असनमा रहेका केसीलाई तत्काल आईसियुमा स्थानान्तरण गरी उपचार गर्नुपर्ने देखिएको उपचारमा संलग्न टोलीका संयोजक प्राडा सुवासप्रसाद आचार्यले बताए । उनलाई धड्कन बिग्रने, छाती दुख्ने, मांसपेशी बाउडिने, चक्कर लाग्ने, थकाई लाग्ने जस्ता समस्या देखिएको छ । रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या थोरै हुदै गएको छ । रगत सुगरमा कमी सोडियम, पोटेसियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइट समेत कम हुदै गएको छ । चिकित्सक आचार्यका अनुसार रक्तबाहिनी नलीमा पहुच कायम राख्न उनलाई नर्मल स्लाइन दिइराखिएको छ । तरल पदार्थ लिन उनले मानेका छैनन् ।
१९ औं सत्याग्रह जुम्लाबाट थालेका चिकित्सक केसी ६ दिनअघि त्रिवि अस्पताल महाराजगंज भर्ना भएका हुन् । उता अनशनरत चिकित्सक केसीको समर्थनमा माइतीघरमा सोमबार मैनबत्ती बालेर प्रदर्शन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार लगायतका माग गर्दै केसी अनसनमा छन् । जुम्लामा अनसनस्थलबाट प्रहरीले अस्पताल पु¥याएका थिए । त्यसपछि केसी काठमाडौं आएका थिए ।
शिक्षण अस्पताल जाने भनिएपनि प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो । केसीको मागलाई सरकारले सम्बोधन नगरेको भन्दै माइतीघर मण्डलमा जनस्तरबाट विरोध प्रदर्शन हुंदै आएको छ ।
सरकारले पहिलाको सम्झौता पालना नगरेको, सरकार नैतिकता गायब भएको लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यसैगरी युवाहरुले नुवाकोट सदरमुकाम विदुरको चोकमा आइतबार नाराजुलुस र सोमबार मैनबत्ति बालेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !