काठमाडौं —मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डस्थित इन्द्रसरोवर गाउँपालिका–२ देउराली नजिक सडकमाथिबाट पहिरो झरेर एक जना चालकको मृत्यु भएको छ ।

सडकमा गुडिरहेको स्कारपियो जिप माथिबाट खसेको पहिरोले पुरिएर बारा पर्सौनी–४ का चालक युनिश अन्सारी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमा चालक मात्र सवार थिए । बुधबार १० बजे काठमाडौंबाट हेटौंडातर्फ जा“दै गरेको जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो ।

पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पु¥याएको छ । मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार पछि एकजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल