काठमाडौं–रुपन्देही स्थायी घर भई केन्द्रीय कारागारमा कैदीबन्दी जीवन विताईरहेका ६३ वर्षिय रामलखन जैसवालको मृत्युबारे वीर अस्पतालले प्रष्टिकरण दिएको छ ।
अस्पताल मंगलबार विज्ञप्ति जारी गर्दै जैसवालको मृत्यु बारे भ्रमक समाचार संप्रषित गरेको भन्दै आपत्ति जनाएको छ ।
अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले असोज ३ गते राती १०ः ५५ बजे जैसवाललाई प्रहरीले मृत्यु भइसकेको अवस्थामा अस्पतालको ईमर्जेन्सी विभागमा ल्याएको बताएका छन् ।
‘उपचारको लागि खटिएका चिकित्सकबाट परीक्षण गर्दा जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत खोषित गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ । मृतकको कोरोना परीक्षणको लागि स्वाब लिई ल्यामा पठाएकोमा सोमबार रिपोर्ट पोजिटिभ प्राप्न भएको जनाएको छ ।
‘विगत ३ दिनदेखि मृतकको शव शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया सुरु भइसकेको र शवमा पाकोहरु रहेको, सुन्निएको, मुख र नाकबाट तरलपदार्थ निस्किएको अवस्था हो,’ विज्ञप्तिमा भनेको छ,‘शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया हो ,’ निर्देशक सेन्चुरीले भनेका छन्, यो मेडिकल अवस्थालाई नबुझेर केही संचारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थता नभएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
तर उनका परिवारले जिवित अवस्थाबाट उपचारका लागि ल्याइकोमा कोरोनाको बाहना गरेर मृत वा जिवित हेर्न नदिने, बलजफती हेर्दा उनको आँखा झिकिएको,घाँटी रेटिएको र शरीरमा फोका र मृत अवस्थामा भेटिएकाले अस्पतालका जिम्मेवार डाक्टरले ज्यान लिएको आरोप लगाएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !