नुवाकोट–नेपाल निजामती कर्मचारी युनियन संघ कार्यसमितिले यही असोज तेस्रोसाता हुन गईरहेको निर्वाचनमा स्थगित गराए लगतै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएपछि सरकार आफ्नो निर्णय फिर्ता लिएको छ ।
सबै तयारी गरेर जिल्ला र विभागीय ईकाईहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सकेको अवस्थामा निर्वाचन स्थागित गराउने कार्य गलत भएकाे नेपाल निजामती कर्मचारी युनियन संघ कार्यसमितिका अध्यक्ष निलमकुमार भुसालले बताए ।
निर्वाचन निर्धारित र छिटो हुनुपर्नेमा उनले बताए । यही असोज ६ गते सा“झ प्रस्तावित निर्वाचन सरकारले हठात् विनाकारण स्थागित गराएको नेपाल निजामती कर्मचारी युनियन संघ कार्यसमितिको िवराेध जनाएकाे िथयाे । यसअघि असोज २४ गते निर्वाचन तोकिएको थियो ।
सरकारले नेपाल निजामती कर्मचारी युनियन संघ कार्यसमितिको निर्वाचन आगामी मंसिर २७ गते हुने जनाएपनि युनियन संघ अझै विश्वस्त हुन सकेको छैन । युनियन संघ मत माग्ने जुटिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !