नुवाकोट– नेपाली काग्रेसले गिरिजाप्रसाद (जिपी) कोइराला अध्ययन केन्द्रको अध्यक्षमा सुमन भण्डारीलाई मनोनयन गरेको छ । विदुरनगरपालिका २ का स्थायीवासिन्दा भण्डारी राजनीतिमा सक्रिय युवा हुन् ।
राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उद्देश्यले जिपि कोईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतिमा स्थापना गरिएको संस्था हो ।
प्रजातान्त्रिकधारालाई अगाडि बढाई लोकतन्त्रको रक्षाका लागि समुदायलाई क्रियाशील गराउन पछिल्लो समय नुवाकोटमा शाखा विस्तार गरेको हो ।
केन्द्रले देशका ७७ जिल्लामा शाखा विस्तार गरेको छ । मनोनित अध्यक्ष भण्डारीले अध्ययन केन्द्रमार्फत स्व.कोइरालाले अंगिकार गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्थानीयतहबाट समाज परिवर्तन गर्दै जिल्लाव्यापी रुपमा लैजाने बताए ।
आफ्नो काँधमा केन्द्रको जिम्मेवारी दिने अग्रज नेताहरुप्रति उनले धन्यवाद दिएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
बधाई तथा शुभकामना