काठमाडौं–भाग्यले साथ नदिएपछि भारतीय अर्बपति अनिल अम्बानीको सम्पतिको नाममा एउटा कार मात्र छ । कुनै समय विश्वका धनी ६ व्यक्तिको सूचीमा रहेका उनी अहिले अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष टाट पल्टिएका छन् ।

शुक्रबार बेलायतको अदालतलाई भर्चुअल बयानमा आफूसंग भएको सबै गहनासमेत कानुनी उपचारको शुल्कको लागि बेचेको र अब एउटा कार मात्र बांकी रहेको बताएका छन् । आफू एक सरल व्यक्ति भएको विलासी जीवनशैली नभएको बताएका छन् ।

टाइम्स अफ इन्डियाको रिपोर्टलाई आधारमा उनले सन् २०२० को जनवरीदेखि जुनसम्मको अवधिमा ९ करोड ९० लाखमा आफूसंग भएको सबै गहना बिक्री गरेका थिए । तीन चिनिया“ बैंकले अम्बानीमाथि मुद्दा दायर गरे। । मे २२ मा बेलायतको अदालतले अनिललाई ७१ करोड ६० लाख डलर चिनिया कम्पनीहरुलाई ऋण बुझाउन निर्देशन दिएकोमा पछि थप ७ लाख ५० हजार डलर कानुनी शुल्कको रुपमा बुझाउन निर्देशन दिइयो । आफू जमानी बसेर लिएको ऋण तिर्न नसकेपछि अनिल अम्बानीले मुद्दा खेप्नुपरेको छ । उनलेभनेका छन्,‘मेरो खर्च न्यूनतम छ र त्यो खर्च मेरी पत्नीले परिवारलाई दिंदै आएकी छन् ।’

आम्दानीको अन्य स्रोत नरहेको र अब थप खर्च बेहोर्नुपरेको खण्डमा अदालतबाट थप सम्पत्ति बिक्रीको अनुमति लिनुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन् ।
सम्पत्ति सकिनुमा–
सन् २००८ मा अनिल अम्बानी विश्वका छटौं धनी व्यक्ति थिए । उनको सम्पत्ति ४२ अर्ब डलर थियो । अहिले १२ वर्षमा उनको सम्पत्ति शून्यमा झरिसकेको छ । उनका दाजु मुकेश अम्बानी एसियाकै पहिलो धनी छन् ।

सन् २००२ मा अम्बानी दाजुभाईका बुबा धिरुभाइ अम्बानीको निधन भयो । त्यसपछि मुकेश अम्बानी रिलायन्स इन्डष्ट्रीको अध्यक्ष भए । अनिल प्रबन्ध निर्देशक भए । तीनवर्षमै दाजुभाइमा मनमुटाव बढ्यो । उनीहरु विभाजित भए ।

टेलिकम, ऊर्जा उत्पादन र वित्तीय सेवाको व्यवसाय अनिल अम्बानीले भागमा राखे । दाुजु मुकेशले तेल शुद्धिकरण र पेट्रोकेमिकल व्यवसाय प¥यो ।

अनिल अम्बानीको रिलायन्स ग्रुपले रिलायन्स कम्युनिकेशन, रिलायन्स पावर, रिलायन्स क्यापिटल, रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायनस नाभाल, रिलायन्स होम फाइनान्स व्यवसाय संचालन गर्दै आएको छ । अनिल टेलिकम व्यवसाय आफ्नो भागमा पार्न चाहन्थे । उनलाई महत्पूर्ण रिलायन्स कम्युनिकेशन व्यवसाय पर्यो ।

रिलायन्स कम्युनिकेशनले सन् २००२ मा रिलायन्स इन्फोकमको रुपमा सीडीएमए प्लेटफर्ममा आफ्नो टेलिकम सेवा सुरु गरेको थियो ।

सुरुमा कम्पनीले राम्रो चलेपनि थ्रीजीसम्म मात्र सपोर्ट गर्ने भएकाले फोरजी आएस“गै रिलायन्स कम्पनीको क्रेज घट्यो । त्यसको असर व्यापारमा देखियो । यो अवधिमा कम्पनीले ग्राहकहरु तान्न विभिन्न योजना ल्यायो । सस्तोमा सेवा प्रदान गर्दा ऋण लिए । व्यवसाय निरन्तर ओरालो लाग्यो । लगानीकर्ताले आफ्नो लगानी फिर्ता लान थाले । कम्पनीको ऋण बढ्दै गयो ।


अनिलको रिलायन्स कम्युनिकेशनको कम्पनी टाट पल्टिनुमा दाजु मुकेश अम्बानीले सुरु गरेको रिलायन्स जियो इन्फोकमको व्यवसाय एक कारण मानिन्छ । मुकेशको व्यवसायले अनिल मात्र नभई समग्र भारतीय टेलिकम कम्पनीहरु धरासायी बने ।

अनिलले रिलायन्स जियोलाई बेच्ने योजना ल्याए, तर मुकेशले यसअघिको ऋण सकार्न नसक्ने भनेपछि सम्झौता हुन सकेन ।
त्यसपछि रिलायन्स कम्युनिकेसन बक्यौता समयमा बुझाउन नसकेपछि अनिलमाथि थप दबाब बढ्यो । त्यही समय ३ चिनिया“ कम्पनीले कम्पनीमाथि सा“वा र ब्याजसहितको रकमको माग गर्दै अदालतमा अनिलविरुद्ध मुद्दा दायर गरे ।

उनको भएका अन्य व्यवसायहरु विभिन्न कारणले टाट पल्टिदै गए । यसअघि एरिक्सन कम्पनीको ८ करोड डलर ऋण तिर्न नसकेपछि अनिल अम्बानी ३ महिना जेल जाने अवस्थामा पुगे । तर दाजु मुकेश अम्बानीले अन्तिम समयमा उनको ऋण तिरिदिएपछि जेल जानबाट बचाए ।

उनी अहिले भाडा तिर्न नपर्ने दाजु मुकेश अम्बानीले दिएको घरमा बस्दै आएका छन् ।

स्रोत एजेन्सीहरुबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल