काठमाडौं– हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमार नासिर बिन हामिद अल खालिफालाई सोलुखुम्बुको खुम्बु क्षेत्रमा छन् । उनलाई स्थानीयले स्वागत गरेका छन् ।

लोबुचे र मनास्लु आरोहणका लागि आएका खलिफाले सुरुवात् लोबुचे आरोहणबाट गर्ने छन् । लोबुचे शिखर चढ्न राजकुमारको टोली खुम्बु पुगेको छ । उनी सोमबार नाम्चेदेखि दुई दिन पैदल हिंडेर दिङबोचे पुगेका छन् । राजकुमार खालिफालाई लुक्लादेखि नै स्थानीयले परम्पराको नृत्यसहित स्वागत गरेका थिए ।

स्वागतमा सगरमाथाको पहिलो आरोहण टोलीका एक जीवित सदस्य कान्छा शेर्पा समेत थिए । खुम्बुको लोबुचे चढेर फर्किएपछि गोरखाको मनास्लु चढ्ने योजना रहेको छ ।

सरकारले पदयात्रा र पर्वतारोहणका लागि स्वास्थ्य मापदण्ड तयार गरी विदेशीलाई खुला गरेको छ । पर्यटन विभागले नौबुदे मापदण्ड शुक्रबार जारी गरेको छ । पर्वतारोहण÷पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले पूर्वस्वीकृति लिनुपर्छ ।

त्यसका लागि ७२ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने, कम्तीमा ७ दिन क्वारेन्टाइनमा रहने गरी होटल बुकिङ गरेको हुनुपर्ने मापदण्ड छ । कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तीमा ५ हजार डलर बराबरको बिमा गरिएको कागजात पेस गर्नुपर्ने,पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यहरुको १ लाखको कोरोना बिमा गरिनुपर्ने मापदण्डमा उल्लेख छ ।

पर्यटन विभागले यसअघि बरुण त्से हिमाल आरोहणका लागि ६ नेपाली आरोहीलाई अनुमति लिई आरोहणका लागि गएको विभागकी पर्वतारोहण शाखाले जनाएको छ । शरद ऋतुमा सगरमाथा क्षेत्रको खुम्बुमा भरिभराउ र कोठा पाउन गाह्रो हुन्थ्यो ।

यो वर्ष कोभिड–१९ का कारण खुम्बु क्षेत्र सुनसान छ । यतिबेला यो क्षेत्रका गाइड र होटल संचालकहरु आलु भित्र्याउन लागि परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल