नुवाकोट– नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटका पदाधिकारीहरुले बिहिबार सपथ लिएका छन् ।

नवगठित पदाधिकारीहरुलाई संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले सामूहिक सपथ गराएका थिए ।

यही असोज १ गते पुष्कर शर्मा रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित चयन गरिएको थियो । सपथ ग्रहणमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले संगठनका पादधिकारीहरुले कर्मचारीको हक हितमा रहेर काम गर्न पर्ने बताए ।

नेकपा बाग्मति प्रदेश कमिटिकी सदस्य विन्दा ढुंगानाले लामो समयदेखि रिक्त जिल्ला कार्य समितिले पूर्णता पाएकोमा खुशी व्यक्त गरिन् । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति नुवाटका अध्यक्ष पुस्कर शर्मा रिमालले समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार पारी र सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सपथग्रहण कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज शरणकुमार गुरुङ, काठमाडौं जिल्ला आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुव कार्की, नेकपा बागमती प्रदेश कमिटीका सदस्य नेतृ विन्दा ढुंगाना, आधिकारिक ट्रेड युनियन नुवाकोटका निवर्तमान अध्यक्ष गोपालबहादुर सापकोटा लगायतको उपस्थिति थियो ।

सपथ ग्रहण लगतै केन्द्रिय उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज शरणकुमार गुरुङ, काठमाडौं जिल्ला आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुव कार्कीले प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका झंकनाथ ढकाललाई खादा लगाई बागमती प्रदेशको तर्फबाट स्वागत गरी सामूहिक तस्बिर लिएका थिए ।

केन्द्रिय उपाध्यक्ष गुरुङले नुवाकोटमा आएर सरकरी कार्यालयमा गरिएको सुधार, कानुनअनुसार गरिएको नदीजन्य पदार्थको दोहान रोक्ने कार्य र जनहितका लागि गरेको कामको उनले प्रशंसा गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल