नुवाकोट–जेष्ठ नागरिक दिवश अवसरमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल टष्ट र देवीघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य शिविरमा बृद्धबृद्धा सहित १ सय ५० भन्दा बढी विरामीहरुले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा ट्रष्टका अध्यक्ष चिकित्सक केदारनरसिंह केसी, काग्रेस नुवाकोट सभापति तथा ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसी, विदुरनगरपालिकाका पूर्व मेयर, नेका जिल्ला सदस्य बिन्दा अर्याल, काठमाडौं–विदुर –सम्पर्क समितिका अध्यक्ष प्रदिपकुमार सेढाई, ककनी– काठमाडौं सम्पर्क समितिका अध्यक्ष ऋषीकुमार तामाङ लगायतको उपस्थित थिए ।

ट्रष्टले जेष्ठ नागरिकप्रति देखाएको सम्मानलाई सधै उदार भएर निरन्तर सहयोग गरिरहनुपर्ने प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले बताए । ट्रष्टले नुवाकोटको विदुर नगरपालिका ५ देविघाटस्थित देवीघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा उक्त निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

यसअघि पनि विदुरनगरपालिका ४ की रुक्मीणि सेढाईंले ४३ औ आफ्नो जन्म दिन प्रतिष्ठानमा रहेका बृद्धबृद्धालाई सिरक प्रदान गरेकी थिइन् ।

त्यसैगरी काफलगेठी सहकारीले आफ्नो वार्षिकउत्सवमा त्यहा“ रहेका बृद्धबृद्धालाई खाद्यान्न सहयोग गरेको थियो । यो ३ नम्बर प्रदेशकै एकमात्र प्रतिष्ठान हो ।

प्रतिष्ठानमा २७ जनाले आश्रय लिइरहेका छन् । आश्रय पाएका ५ जना यहीं बितिसकेका छन् । सुरुमा प्रतिष्ठानले ३ जना असहाय र बृद्धबृद्धाबाट सेवा सुरु गरेको हो ।

असहायप्रति आस्था, जेष्ठ नागरिक समाजका ऐना र जिउ“दो ईतिहास हुन् भन्ने सहयोगी हातबाट प्रतिष्ठान चलेको अध्यक्ष नेपालले बताए । असहाय, अशक्त, घरमा अपहेलित भएर बसेका दयनीय अवस्थालाई स्थानीय निकायको सिफारिसमा प्रतिष्ठानले त्यस्ता नागरिकलाई राख्ने गरेको छ ।

यहाँ गोरखा, धनुषा, रसुवा, चित्तवन, दोलखा, नुवाकोट र काठमाडौंका जेष्ठनागरिक बसेका छन् । जेष्ठ नागरिकहरुको संरक्षण, सम्बद्र्धन र हितको लागि अध्ययन, अनुसन्धान र विश्लेषण गरी तत् सम्बन्धि नीति निर्माणमा राज्यलाई सघाउने उद्देश्य ले प्रतिष्ठान स्थापना भएको उनले बताए ।

प्रतिष्ठान ६ रोपनी जग्गा छ । त्यसभित्र तीनतल्ले लिफ्ट सहित आधुनिक भवनमा ४८ कोठा छन् । प्रत्येक कोठाबाहिर जाडोमा घामताप्न बादर्ली छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल