नुवाकोट–कुकरबाट मानवमा लाग्ने रेबिज रोगबाट बचाउन र उनीहरुको जनसंख्या व्यवस्थापनका लागि कुकुर बन्ध्यकरण गर्न थालिएको छ ।
नेपाल एनिमल वायलफियर एण्ड रिसर्च सेन्टर काभ्रे बुडोल र विदुरनगरपालिकाको संयुक्त रुपमा संचालित १० दिन बन्ध्याकरण शिविरमा नगरभित्रका भुस्याकुकुरको बन्ध्याकरण थालिएको हो । बट्टार, पुरानोबजार, दम्की, विदुर, ढुंगे,त्रिशूली, बागटार, देवीघाट, पुरानो सदरमुकाम नुवाकोट लगायतका स्थानमा रहेका भुस्याकुकुर भेला पारेर बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।
बन्याकरण गर्दा भालेको अण्डकोष र पाथीको पाठेघर झिकेर फालिने पशुचिकित्सकले जनाएका छन् । त्यसैगरी बन्ध्याकरण सकिएपछि एन्टिरेबिज भ्याक्सिन दिई शल्याक्रिया गरेको चिन्ह राखेर पुनः ल्याएको स्थानमा छोडिने गरेको रिसर्च सेन्टरका कार्यक्रम व्यवस्थापक सुजन भण्डारीले जानकारी दिए ।
जनसंख्या नियन्त्रण र मानवीय व्यवस्थापन गर्न कुकुरको बन्ध्यकरण गरिएको रिसर्च सेन्टरका अध्यक्ष आनन्द दाहालले बताए । सन् २०१५ देखि उक्त रिसर्च सेन्टरले बन्ध्यकरण थालेको जनाएको छ । काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, तेह्रथुम लगायतका जिल्लामा कुकुरको बन्ध्यकरण गरिसकेको छ । उक्त रिर्सच सेन्टरले मानव र वन्यजन्तुको व्दन्द न्यूनीकरण गर्न ८÷१० वटा वन्यजन्तु नियन्त्रण कार्य समेत गरिएको जनाएको छ ।
विदुरनगरपालिकामा अहिलेसम्म ७५ वटा भन्दा बढी कुकुरको बन्ध्यकरण गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !