नुवाकोट–नजिकिंदो दशै चाडलाई लक्षित गरेर उपभोग्यवस्तुहरुको मूल्यबृद्धि हुन नदिन स्थानीय प्रशासनले अनुगमन थालेको छ ।
माछामासु, लताकपडा, किरानापसल, सुनपसल, हार्डवेयर पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा विदुरनगरपालिकाको ढुंगे, पुरानो त्रिशूली बजार, देवीघाटबजारको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा मूल्य सूची, मासु पसलको सरसफाई, स्वास्थकर खाद्यवस्तुको सकिने मिति, व्यवसायदर्ता भए÷नभएको आदी निरिक्षण गरेको थियो । कतिपयले व्यवसायीले व्यवसाय दर्ता नभएको र दर्ता नविकरण नभएको, बजारमूल्य फरकफरक भएको पाइएको छ ।
व्यवसायीलाई सचेत गराउदै व्यवसाय दर्ता गरी उपभोग्यवस्तुको विक्री वितरण गर्न भनिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख दुर्गादत्त भट्टले बताए ।
व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थित र कानुनले तोकिएका कागजपत्र राखेर संचालन गर्न भनिएपनि कतिपयले हेलचक्राईं गरेको उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताए । कोरोनाका कारण कृति अभाव हुन नदिई व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गरेर महंगी नबढाउने गरी उपभोग्य वस्तु विक्री गरे÷नगरेको स्थानीय प्रशासनले अनुगमन गरिएको प्रशासकीय अधिकृत धर्मराज भट्टले बताए ।
स्थानीय प्रशासनको अगुवाईमा थालिएको अनुगमनमा विदुरनगरपालिका, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका ठकर मण्डल, नुवाकोट उद्योग बाणिज्य संघबाट ईश्वर डंगोल, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उपभोक्ता हित संरक्षण मंच, जिल्ला प्रशासनबाट यादव केसी, संचारकर्मी सहितको टोलीले बजार अनुगमन गरेको थियो ।
खाद्यान्नस्टोरमा राखिएका वस्तुहरुको स्टक, उत्पादित वस्तुको उपभोग्य मिति, ती वस्तुहरु राखिएको स्थान, मूल्यसूची लगायत निरिक्षण गरेको छ । बजार अनुगमनको क्रममा जिल्लामा रहेको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयको कुनै पनि प्रनिनिधि उपपिस्थत थिएनन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !