नुवाकोट–कृषि ज्ञान केन्द्र नुवाकोट रसुवाले आर्थिक वर्ष ०७७÷७८ मा संचालन गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।

जिल्लामा संचालन गरिने कार्यक्रमहरु बुधबार केन्द्र प्रमुख केशव खनालले सार्वजनिक गरेका हु्न ।

संचालित कार्यक्रममा प्याज खेती प्रोत्साहन कार्यक्रम, नुवाकोट–रसुवामा उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारीखेती, साना सिंचाई, मागआधारित सौर्य सिंचाई, ५० प्रतिशत अनुदानमा प्लाष्टिक हाउस निर्माण, रैथानेबाली प्रवद्र्धन, प्रांगारिक खेती, प्रांगारिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण र जिल्लामा संचालन गने ब्लक विकास कार्यक्रमहरु छन् ।

केन्द्रले ८ करोड ७१ लाख रुपैया“ बजेट सार्वजनिक गरेको हो ।

कार्यक्रमा निर्वाहखेती प्रणाली भन्दा व्यवसायमूखीखेती गर्न ककनीगाउपालिका अध्यक्ष मानबहादुर लामा, किस्पाङगाउपालिका अध्यक्ष छत्रबहादुर लामा, तारकेश्वरगाउपालिकाका रमेश वस्ती, लिखुगाउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र विदुरनगरपालिकाका मेयर सन्जु पण्डितले दोहोरोपन हटाएर कृषिको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, अगुवा कृषकहरु सहभागी थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल