नुवाकोट– २७ औं दिनदेखि अनसरनरत् चिकित्सक गोविन्द केसीको समर्थनमा नुवाकोटका युवा अभियानले ऐक्यवद्धता जनाउदै प्रदर्शन उत्रेका छन् ।

शनिबार दिउसो सदरमुकाम विदुरमा भेला भई उनीहरुले आधा घण्टा प्रदर्शन गर्दै नारा लगाएका थिए । हाम्रो स्वास्थ्य हाम्रै हातमा, हमी सबै डा केसीको साथमा, जनतामाग्छ अस्पताल सरकार दिन्छ भ्युटावर, डा केसी व्यक्ति होइनन् राष्ट्रको आवाज हो जस्ता नारा लगाए ।

स्वतस्फूर्तरुपमा उक्त अभियानमा भेला भएका युवाहरुले सरकारले केसीले उठाएको माग जायज भएको र छिटो माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

स्वास्थ्य मापदण्डअनुसार दुरी कायम गरी युवाहरुले नाराजुलुस गरे । प्रदर्शनपछि कार्यक्रमको अन्त्य युवा अगुवा पारस अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल