नुवाकोट–दुप्चेश्वरगाउ“पालिका अध्यक्ष तथा उपाध्यक्ष सहित दशजना कोरोना संक्रमण पुष्टि भएपछि एकसाता कार्यालय बन्द गर्ने भएको छ ।
शनिबार परीक्षणको नतिजा आएपछि होम आइसोलेसनमा बसेको अध्यक्ष योविन्द्रसिं तामाङले बताए । संक्रमण देखिएकाले एकसाता कार्यालय बन्द रहने उनले बताए ।
उपाध्यक्ष अन्जु आचार्य र एक जना कार्यालयका सहयोगी सहित जम्मा १० जनामा संक्रमण देखिएको छ । २१ असोजमा नीहरुको स्वाब लिएको थियो ।
वडाध्यक्षव्दारा निषेधाज्ञा
सदरमुकाम विदुरनगरपालिका वडा २ नुवाकोट दरबार क्षेत्र र बट्टारको दम्की क्षेत्र निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमित देखिएकाले अर्को आदेश नभएसम्म औषधी पसलबाहेक सुरक्षामापदण्ड अपनाएर पसलले बिहान ६ देखि ८ बजे र बेलुका ५ बजेदेखि ६ बजेसम्ममात्र खोलेर दैनिक उपभोग्य सामाग्रीहरु विक्रीवितरण गर्न वडावासीलाई भनिएको वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।
शनिबार नुवाकोटमा सबैभन्दा धेरै २४ जना संक्रमित देखिएको छ । यो नुवाकोटको विदुरनगरपालिका र दुप्चेश्वरगाउ“पालिकामा १०÷१० जना, ककनीमा ३ जना र तारकेश्वरगाउ“पालिकामा १ जना देखिएका छन् ।
नुवाकोटमा अहिलेसम्म १ सय ८८ जना संक्रमित देखिएका छन् । त्रिशूली अस्पतालको आइसोलेसनमा २० जना, खरानीटार अस्पतालमा १ जना छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !