काठमाडौं–चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत् चिकित्सक गोविन्द केसीले सरकारसंग सहमति भएपछि २८ औं दिनमा असन तोडेका छन् ।
उनले त्रिवि शिक्षण अस्पतालका ४६ वर्षिय कर्मचारी विकास नेपालीले जुस खुवाएपछि उनको १९ औं असनर तोडेका छन् ।
शनिबार राति सरकारस“ग आठ बुदे सहमतिपछि आइतबार बिहान चिकित्सक केसीले अनसन तोडेपछि उनको स्वास्थ्य कमजोर भएपछि सोही अस्पतालको आईसियु कक्षमा राखेर उपचार भैरहेको छ ।
अनसन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका छन् । अनसन तोड्नुअघि चिकित्सक केसीका सहयोगी प्रितम सुवेदीले सरकारस“ग भएको ८ बुदे सहमति पत्र पढेर सुनाएका थिए ।
शनिबार राति त्रिवि शिक्षण अस्पतालमा चिकित्सक केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बु“दे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकार र डा. केसी पक्ष टोलीबीच पटकपटक वार्ता भएपनि निष्कर्षमा पुगेको थिएन । प्रधानमन्त्री केपी ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत चिकित्सक केसीसंग संवाद अघि बढाएका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
सरकारस“ग सहमति भएपछि चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् ।
चिकित्सक केसीले छ बु“दे माग राखेर जुम्लामा २९ भदौमा अनशन थालेका थिए । स्वास्थ्य अवस्था कमजोर भएपछि ६ असोजमा काठमाडौं ल्याइएको थियो ।
त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेपनि चिकित्सक केसी त्रिवि शिक्षण अस्पताल जाने अडान राखेपछि त्यहीं अनसनरत् थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !