नुवाकोट–भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

निमित्त वरिष्ठ पशु विकास अधिकृत भरत पाण्डेले सोमबार आर्थिक वर्ष ०७७÷७८ को १ करोड ९३ लाख रुपैया“को वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

साझेदारीमा पशुपंक्षी, माछापालन एवं उत्पादनमा प्रयोग हुने मेशिनरी औजार तथा उपकरण वितरण, पशु आहारा विकास कार्यक्रम, पशुपंक्षीमा लाग्ने संक्रमक रोग विरुद्धका खोप कार्यक्रम भ्यागुते, चरचरे, पिपिआर, स्वाईन फिवर, गाउपालिका र नगरपालिकाको सहकार्यमा सामुदायिक कुकुरमा बन्ध्याकरण तथा खोप कार्यक्रम, वर्डफ्लु रोग नियन्त्रण कार्यक्रम, बा“झो जग्गामा घांस खेतीको लागि प्रोत्साहन अनुदान लगायतका कार्यक्रम रहेका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै पन्चकन्यागाउपालिकाका अध्यक्ष तेजबहादुर(रमेश) तामाङ, म्यगङगाउपालिकाका अध्यक्ष आसा तामाङ, विदुरनगरपालिकाका उपमेयर गीता दाहाल अर्याल र जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ लगायतले स्थानीयतह र पशु सेवा विज्ञ केन्द्रको कार्यक्रममा दोहोरोपन हटाई कागजी किसानभन्दा वास्तविक किसानमाझ कार्यक्रम पुग्नुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल