नुवाकोट – अधिष्ठात्री देवीको शक्ति पीठमा अब भक्तजनले कोरोनाका कारण पूजा गर्न निषेध गरिएको छ ।
स्थानीय प्रशासनले ती शक्ति पीठमा नित्यपूजा बाहेक भक्तजनका लागि निषेध गरिएको जनाएको छ । वडादशैंको अवसरमा शनिबारबाट घर–घर र कोतमा जमरा राख्ने र शक्ति पीठ मन्दिरमा भक्तजन नवरात्र भरि दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा सर्वसाधरणहरुको भीड अत्याधिक हुन गई कोरोना संक्रमणको जोखिम झनै बढ्ने संभवना भएकाले सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्यपूजा बाहेक दर्शनका लागि सर्वसाधाारणहरुलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालव्दारा जारी सूचनामा जनाइएको छ ।
यो सूचनाको वर्खिलाप गर्ने जो कोहीलाई संक्रमण रोग ऐन, २०२० बमोजिम कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस अनुसार शुक्रबार गृह मन्त्रालयले आफ्नो मातहतमा रहेका स्थानीय प्रशासनलाई उक्त आदेश गरेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !