नुवाकोट– दोस्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता विष्णु प्याकुरेल र राकेश तामाङ जित हातपारेका छन् । प्रतियोगितामा नौ टिम सहभागी थिए ।

प्रतियोगितामा कोलेनीका विष्णु र राकेशको जोडीले अजयकुमार थापा र सुरेन्द्र श्रेष्ठको जोडीलाई १९–२१, २१–१८ र २१–१७ सेटले पराजित गर्दै उपाधि हात पारेका हुन् ।

विजेता र उपविजेता नगद १० हजार र ५ हजारसहित मेडल ट्रफी, प्रमाणपत्र र ब्याडमिन्टन ¥याकेट प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई विदुरनगरपालिकाका मेयर सञ्जु पण्डित, ८ वडाध्यक्ष फैसिङ तामाङ, उद्योग वाणिज्य संघका पूर्वसचिव जीवन श्रेष्ठ र नुवाकोट चेम्बर अफ कर्मशका उपाध्यक्ष सुवर्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरी दशैको शुभकामना दिएका थिए ।

उक्त खेल गत असोज २० गतेदेखि सुरु भई शनिबार फाइनल भएको विनपा ९ का वडाध्यक्ष शनि चित्रकारले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल