नुवाकोट–देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान विदुरनगरपालिका ५ मा रहेको बृद्धबृद्धालाई आफ्नो जन्मदिनको अवसरमा सहयोग दिइएको छ ।

स्थानीय मच्छिन्द्रनरसिंह प्याकुरेलले आफ्नो जन्मदिनको अवसरमा प्रतिष्ठानमा रहेको बृद्धबृद्धालाई आइतबार बिहान खाद्यान्न प्रदान गरेका हुन् ।

आफ्नो जन्मोत्सवमा बृद्धबृद्धाबाट आर्शिवाद लिई उनीहरुलाई युवापुस्ताले सम्मान गरेर अगाडि बढ्नुपर्ने प्याकुरेलले बताए ।

जन्म दिवसको अवसर पारेर जेष्ठ नागरिकप्रतिको देखाएको सहयोगी हातहरु बढ्दै गएको प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बताए ।

प्रतिष्ठानमा २५ जना बृद्धबृद्धा छन् । त्यसमध्ये १७ पुरुष र ८ महिला छन् । प्रतिष्ठानमा ४ अपांग छन् । एकजना दृष्टिविहिन रहेका छन् ।

यहा धनुषा, गोरखा, चित्तवन, दोलखा, रसुवा र नुवाकोटका जेष्ठ नागरिक आस्रित छन् । कोरोना संक्रमणको समयमा उनीहरुलाई सुरक्षित स्वास्थ्य मापदण्ड अपनाएर राखिएको अध्यक्ष नेपालले बताए । यसैगरी सहयोगी हातहरु बढ्दै जाने र जेष्ठ नागरिकप्रति हेरिने दृष्टिकोण फराकिलो हु“दै जाने विश्वास अध्यक्ष नेपालले व्यक्त गरे ।

नुवाकोटको देवीघाटमा रहेको यो एकमात्र सुविधासम्पन्न प्रतिष्ठान हो । यहा“ जेष्ठ नागरिकका लागि छुटै गाईपालन गरेर दुधको व्यवस्था समेत गरिएको छ ।

आफ्नो घरपरिवारबाट आएर प्रतिष्ठानमा बसेका १४ जना जेष्ठ नागरिकलाई उनीहरुका परिवारलाई सम्झाईबुझाई गरेर घरमै पठाएर पुर्नस्थापित गरिएको अध्यक्ष नेपालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल