काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विपत्तिबाट नागरिकका जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कार्यमा सरकार चुकेको औंल्याएका छन् ।

विजय दशमीको अवसरमा बिहीबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताएका हुन् । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुने भन्दै उनले अहिले जनता अविभावकविहीन बनेको बताएका छन् ।

’प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ,’ पूर्वराजाको सन्देशमा भनिउको छ, ’जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्माबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहे पनि देशभित्र र देश बाहिर बसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका छन् । साथै कोरोनाको संक्रमण बढ्दै गएकाले यो साल पूर्व राजा ज्ञानेन्द्र शाहले जनतालाई टीका नलगाउने भएका छन् ।
साभारः कान्तिपुर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल