काठमाडौं– टर्कीको इज्मीर सहरमा गएको शक्तिशाली भूकम्पबाट ज्यान जानेको संख्या ४२ पुगेको छ ।

शुक्रबार गएको भूकम्पका कारण टर्कीमा ४२ जनाको मृत्यु भएको त्यहा“का अधिकारीले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा महसुश भएको बताइएको थियो ।
ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीले जनाएका छन् । टर्कीको इज्मीर सहरमा शुक्रबार ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको छ । भूकम्पका कारण अहिलेसम्म ८ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
भूकम्पपछि सयौं पटक पराकम्प गरिएको स्थानीयले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको आइतबार जनाएका हुन् ।

राष्ट्रपति एर्डोगानले भुकम्पमा परेकाको खोजी तथा उद्धार कार्य भइरहेको र सबैलाई सहभागी हुन र सहयोग गर्न आह्वान गरेका छन् ।

उक्त सहरका दर्जनौ घर भत्केको र यसमा परेर सयौं नागरिक घाइते भएका बताइएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल