काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार तीनदिने नेपाल भ्रमणमा आएका भारतका स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे बिहीबारदेखि औपचारिक कार्यक्रममा सरिक भएका छन् ।
बुधबार ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन भ्रमण गरेका नरवणे बिहीबार जङ्गीअड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बिहिबार बिहान सैनिक मञ्च वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले जङ्गीअड्डामा सम्मान गारदको निरीक्षण गरी प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए । नरवणेले फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरु तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सेनाले जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमा निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतीक बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।
बिहिबार साँझ राष्ट्रपति विद्या भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सेनाले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !