काठमाडौं —राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा विहिबार सा“झ आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थलसेनाध्यक्ष नरवाणेलाई नेपालीको सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी छन् ।

नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत सहभागी थिए । भारतीय सेनाध्यक्ष नरवाणे तीन दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल