नुवाकोट–राष्ट्रवादी नागरिक समाजले हिन्दूराष्ट्र सहित राजतन्त्र पुर्नवहालीको माग गर्दै गणतन्त्र विरुद्ध विरोध गरेका छन् ।
शुक्रबार नुवाकोटको विदुरनगरपालिका ४ स्थित बट्टारबजारमा आयोजित कार्यक्रममा राष्ट्रियता राजतन्त्र समावेशी राज्यसत्ता हिन्दू अधिराज्य सहितको समृद्ध नेपालको लागि र्याली सहितको कार्यक्रम गरेको छ ।
सरकारले आम समुदायलाई कोभिड १९ को बेला भ्रष्टाचार मौलाएको, नागरिकको सुरक्षा नभएको, मंहगी र बेथिति बढेको, व्यापार र शिक्षा क्षेत्र तहसनहस भएको, गणतन्त्र अफाप सिद्ध भएकाले राजातन्त्रले जनतालाई राहत दिने पुर्नवहाली गर्न सरकारलाई समाजले भनेको छ ।
राष्ट्रवादी नागरिक समाजका केन्द्रिय संयोजक चन्द्रबहादुर रामुदामु, उपसंयोजक लक्ष्मी मल्ल, केन्द्रिय महासचिव प्रकाश श्रेष्ठ, केन्द्रिय सदस्य कृष्ण तिमिल्सिना, जिल्ला अध्यक्ष रामकृष्ण भट्ट लगायतले सरकारले हाल गरेका गतिविधिको विरोध जनाएका थिए ।
आगामी २५ गते काठमाडौको भोटाहिटीमा हुने केन्द्रिय विरोधसभामा सहभागी हुन आग्रह गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !