काठमाडौ–प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार स्वदेश फर्किएका छन् ।

तीनदिने औपचारिक भ्रमण सम्पन्न सकेर सा“झ स्वदेश फिर्ता भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेका थिए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीस“ग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।

भारतीय स्थल सेनाध्यक्ष नरवणे बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको बताउदै कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

उनले दुई देशबीच सदिंऔ पुरानो सम्बन्ध रहेको बताउदै एकअर्र्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई त्यहा“ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल